मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
रामेछाप। मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–९, चित्लाङ निवासी रामशरण चित्रकारका ३१ वर्षीय छोरा सुशान्त चित्रकार गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि हेटौँडातर्फ रिफर गरिएकोमा बिहान १ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ।
मृतक चित्रकारको शव हाल सोही अस्पतालमा राखिएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment