ओखलढुंगामा एमालेको अन्तिम चुनावी सभा, मतदाताको मन छुने अस्मिताको सम्बोधन

डिसी नेपाल
१८ फागुन २०८२ १८:५६
176
Shares

ओखलढुंगा। चुनाव प्रचार प्रसारको अन्तिम दिन नेकपा एमालेले जिल्लाको रामपुर बजारमा अन्तिम चुनावी सभा आयोजना गरेको छ । कोणसभाका रुपमा आयोजितत सभामा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएपछि आमसभामा परिणत भएको थियो ।

आमसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा उम्मेदवार अस्मिता थापाले आफू प्रतिस्पर्धीहरुलाई सम्मान गर्दै पार्टीको एजेण्डा र जनताका आवश्यकताबीच तालमेल मिलाउँदै अघि बढेको बताइन् । उनले आफूले कसैलाई व्यक्तिगत वा पार्टीगतरुपमा आलोचना नगरेको र त्यस्तो उद्देश्य पनि नरहेको बताइन् ।

उनले समयको माग र युवा महिलाको प्रतिनिधित्वका लागि एकपटक यसैपटक ओखलढुंगाले इतिहासमै पहिलो महिला सांसद निर्वाचित गर्ने मौका पाएकाले यो अवसर नगुमाउन आग्रह गरिन् । उनले आफूले जिल्लाका समस्या र समाधानको प्रष्ट योजनासहित प्रतिनिधित्व गर्न खोजेको बताइन् ।

थापाले भनिन्–हामी महिलाले घाँस दाउरा गर्ने, खेतबारी सम्हाल्ने, घर चलाउने तर निर्णय गर्ने ठाउँमा कहिल्यै नपुग्ने अवस्था अब बदल्नुपर्छ भन्ने निर्णय अब ओखलढुंगाबाट गरौं,आमाहरुले यसको नेतृत्व गर्नुस् । मैले पनि यहि माटोमा घाँस दाउरा,मेलापात गरेरै आएकी हुँ । अब तपाई हामी सबैको आवाज संसदमा पुर्याउन पर्छ । आज म भोट माग्न मात्रै आएकी होइन, तपाईंहरूको भरोसा माग्न आएकी हुँ । किनकि आमा रोइरहेको समाज समृद्ध हुन सक्दैन, महिला पछाडि परेको देश अगाडि बढ्न सक्दैन ।’

सभामा एमाले केन्द्रीय सदस्य तथा चुनाव परिचालन कमिटीका संयोजक यज्ञराज सुनुवार,मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईलगायतले सम्बोधन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.