गाडीले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, एक जना घाइते

डिसी नेपाल
१८ फागुन २०८२ २१:२९
92
Shares

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज दिउँसो बसपार्कबाट पशुपतिनगरतर्फ गइरहेको बा प्र ०३–००६ प २७१२ नं को स्कुटरलाई विपरीत दिशाबाट आएको ना४च ६०५३ नं को हातीगाडीले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनालाई ठक्कर दिएको थियो। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा रायमाझीको अस्पतालमै मृत्यु भएको हो।

अर्का घाइते स्कुटरमा सवार हेटौडा उपमहानगरपालिका-७ निवासी १९ वर्षीय संगम झाको सोही अस्पतालमा उपचार भइरहेको र ठक्कर दिई भाग्ने गाडीचालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.