मकवानपुरको मतगणना भूटनदेवी माविको भवनमा हुने

डिसी नेपाल
१९ फागुन २०८२ ९:४५
16
Shares

हेटौंडा। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ।

मकवानपुरमा अघिल्लो निर्वाचनको मत गणना सिद्वार्थ माविमा भएकोमा यस पटक भने हेटौंडा ४ स्थित भूटनदेवी माविको भवनमा मतगणना हुने भएको हो।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना प्रसाशनिक तथा पुरानो भवनमा र क्षेत्र नम्बर २ को मतगणना प्राविधिक भवन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको मिति र समय भने मत पेटिका प्राप्त भएपछि प्रकाशन गरिने जनाइएको छ।

मतदान सकिएपछि ल्याइएका मतपेटिका राख्नका लागि कोठाको व्यवस्थापन, तारजाली राख्ने काम र सिसिक्यामारा जडानको काम सक्किएको निर्वाचन आयोग बागमती प्रदेश हेटौंडाका प्रमुख हरि ढकालले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.