बसन्तपुरमा होलीपछिको सरसफाइ (फोटोफिचर)

डिसी नेपाल
१९ फागुन २०८२ ९:५८
8
Shares

काठमाडाैं। होली पर्व सम्पन्न भएसँगै काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा सरसफाइ गरिएको छ।

रंग, अबिर, पानीका बोतल, प्लास्टिकका झोला तथा अन्य फोहोरले भरिएको क्षेत्रलाई बिहानैदेखि सरसफाइकर्मीहरूले सफा गरेका हुन्।

विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा युवायुवतीहरूको भीड, सांगीतिक कार्यक्रम र रंगीन उत्सवले दिनभर चहलपहल बढाएको थियो।

होलीको उत्सव सकिएपछि भने सडक, मन्दिर परिसरमा छरिएका फोहोर संकलन गर्दै महानगरका कर्मचारीहरू समेत सक्रिय देखिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.