साउदीमा अमेरिकी दूतावासमा २ वटा ड्रोनबाट आक्रमण

डिसी नेपाल
१९ फागुन २०८२ १०:२८
184
Shares

काठमाडौं । साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासलाई दुईवटा इरानी ड्रोनले लक्षित गरेको साउदी रक्षा मन्त्रालयका आधिकारिक प्रवक्ताले मंगलबार जानकारी दिएका छन्।

गल्फ न्युजका अनुसार आक्रमणका कारण भवनमा सीमित आगलागी र सामान्य भौतिक क्षति भएको बताइएको छ। दूतावासले अमेरिकन नागरिकहरूलाई जहाँ छन् त्यहीँ सुरक्षित रूपमा आश्रय लिन आग्रह गरेको छ।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “रियादस्थित अमेरिकी दूतावासमाथि भएको आक्रमण र अमेरिकी सैनिकहरूको हत्या प्रतिकारबिना रहने छैन, यसको जवाफ चाँडै देखिनेछ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.