अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै यी देशहरू छोड्न भन्यो

डिसी नेपाल
१९ फागुन २०८२ १२:४९
508
Shares

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका धेरै देशहरूमा बसोबास गर्ने आफ्ना नागरिकहरूका लागि एक विज्ञप्ति जारी गरेको छ।

यसमा मन्त्रालयले आक्रमणको खतराका कारण उनीहरूलाई त्यहाँबाट सकेसम्म चाँडो बाहिर जान भनेको छ।

यी देशहरूमा बहराइन, इजिप्ट, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन्।

अमेरिकी विदेश मन्त्रालयको यो विज्ञप्ति यस्तो समयमा जारी गरिएको हो जब इरानले मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइरहेको छ।

इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेपछि इरान र इजरायलले एकअर्कामाथि आक्रमण गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.