सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु
सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका – ४ स्थित जिगडवा आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृतको अचानक बेहोस भएर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहटको माधव नारायण नगरपालिका –६ निवासी ४२ वर्षीय रघुनाथ महतो उक्त मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए। उनी सर्लाहीको बरहथवा नगरपालिका – ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेवका रूपमा कार्यरत थिए।
मंगलबार दिउँसो २ बजे ड्युटीमा रहेका बेला महतो अचानक बेहोस भएका थिए। बेहोस भएपछि तत्काल उपचारका लागि उनलाई जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो।
अस्पतालमा करिब २ः३० बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब १० किलोमिटर पूर्वमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment