होलीमा पनि सुनसान धनगढी बजार
धनगढी। विगतका वर्षहरूमा उल्लासपूर्ण रूपमा मनाइने होली पर्व यस वर्ष भने सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुनसान देखिएको छ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले भीडभाडमा रोक लगाएपछि धनगढी बजार क्षेत्र होलीका दिन पनि शान्त बनेको हो। बजार क्षेत्र मात्र होइन, गाउँ–बस्तीमा समेत यस पटक होलीको उत्साह खासै देखिएको छैन।
बिहानैदेखि सुरक्षाकर्मीको गस्ती बढाइएपछि नागरिकले खुलेर होली खेल्न नसकेको स्थानीयले बताएका छन्। विगतमा तराई क्षेत्रमा फागसहित होली खेल्ने प्रचलन रहे पनि यस वर्ष त्यस्तो दृश्य देख्न नपाइएको धनगढी–राजपुरका मदन रेग्मीले बताए।
प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment