आज बुधबार, कस्तो छ तपाईंको राशिफल?
मेष : आज तपाईंको दिन राम्रो छ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । विपक्षी साथीविरुद्ध जित हात पर्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम छ ।
वृष : सोचेर बोल्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गला र कलाको प्रदर्शन गर्ने दिन आएको छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।
मिथुन : स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारमा जिम्मेवारी थपिनेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । राजनीतिक क्षेत्रमा भने सचेत बन्नुपर्नेछ । व्यवहार गरेको भए जिम्मेवारी थपिने छ ।
कर्कट : विश्वास पात्रले विरोध गरेको सुन्नुपर्नेछ । यात्रा गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । धर्मकर्ममा फाइदा हुनेछ ।
सिंह : दाम्पत्य जीवन सुमधुर बन्ने छ । मन शान्त बन्ने दिन छ । शिक्षा र स्वास्थ्य क्षेत्रको प्रयास सफल बन्नेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ । खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।
कन्या : बोल्दा सचेत बन्नुपर्ने दिन छ । विवेक प्रयोग नगरी बोल्दा पश्चाताप हुने जोखिम छ । पेट सम्बन्धी रोगले सताउने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । धार्मिक अभियन्तासँगको भेटले मनमा शान्ति मिल्नेछ ।
तुला : आज मानसम्मान प्राप्त हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ । प्रेम सम्बन्ध समुधुर बन्ने योग छ । गुरुसँग बोल्दा नम्र बन्नुपर्नेछ ।
वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।
धनु : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । स्वास्थ्यले साथ नदिने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । राजनीतिक र पारिवारिक क्षेत्रमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।
मकर : दिन सामान्य छ । काम गर्दा सचेत बन्नुपर्नेछ । गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ । शिक्षामा गरेको प्रयासबाट सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । राजनीतिमा हात नलगाउनु उचित हुनेछ ।
कुम्भ : सहकर्मीसँगको सहकार्यमा गरेको निर्णय कार्यान्वयन हुनेछ । एकल निर्णय नगर्नु उचित हुन्छ । राज्यका जिम्मेवार व्यक्तिबाट सचेत बन्नुपर्नेछ । मन अशान्त बन्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
मीन : सञ्चित धन खर्च हुनेछ । साथीसँग बोल्दा नम्र बन्नुपर्नेछ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।







डिसी नेपाल







Facebook Comment