टी-२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै
काठमाडौं। आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ।
आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ। जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो। दुवै टोली दोस्रोपटक टी-२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन्।
दोस्रो सेमिफाइनलमा भोलि साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन्। फाइनल खेल आगामी आइतबार हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment