छर्रा लागेर ११ वर्षकी बालिकाको मृत्यु

डिसी नेपाल
२० फागुन २०८२ १०:३६
444
Shares

काठमाडौं । कुवेतमा एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। इजरायल–अमेरिका–ईरानबीच जारी द्वन्द्वका बीचमा आवासीय क्षेत्रमा खसेको छर्राबाट घाइते भएकी बालिकाको उपचारका क्रममा निधन भएको कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार, मार्च ४ मा पुष्टि गरेको हो।

कुवेत सिटीको राजधानी क्षेत्रमा घाइते भएकी बालिकाबारे जानकारी पाएलगत्तै आपतकालीन स्वास्थ्य टोली घटनास्थलमा पुगेका थिए। एम्बुलेन्समा राखेर अल-अमिरी अस्पतालतर्फ लैजाने क्रममा पुनर्जीवन प्रयास गरिएको थियो। अस्पताल पुगेपछि पनि करिब आधा घण्टासम्म उपचार प्रयास जारी राखिएको तर अन्ततः उनको ज्यान बचाउन नसकिएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.