महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट

डिसी नेपाल
२१ फागुन २०८२ ७:३७
376
Shares

जलेश्वर। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका-७ मा अज्ञात समूहले उहाँमाथि निर्घात कुटपिट गरेको हो। घटना गए रातिको हो।

स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्यूँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको जनकपुरमा उपचार भइरहेको छ।

आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेको र आफूहरुले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए। घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.