नेमकिपा सचिव प्रेम सुवालद्वारा भक्तपुरमा मतदान
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छन् ।
उनले भक्तपुर नगरपालिकास्थित आफ्नो स्थायी ठेगाना रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन् ।
प्रेम सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार चौथो पटक चुनावी मैदानमा छन् । भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment