रास्वपा उम्मेदवार मनिष झाले जनकपुरधाममा गरे मतदान
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता एवं धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले आज बिहानै मतदान गरेका छन्। झाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे स्टेसन मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
धनुषा-३ मा यस पटक रास्वपा र अन्य दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। आज बिहान ७ बजेदेखि नै जनकपुरधामका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment