तोसिमा कार्कीले गरिन् मतदान, भनिन् ‘यो इतिहास रच्ने समय हो’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा.तोसिमा कार्कीले मतदान गरेकी छन्। ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएकी कार्कीले विहीबार बिहान ललितपुर-१८ स्थित मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्कीले मतदातामा उल्लेखनीय उत्साह देखिएको बताइन्। उनका अनुसार देश–विदेशबाट नेपालीहरू मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् भने उपत्यकाभित्रका धेरै मतदाता पनि भोट हाल्न आफ्नो गाउँ फर्किएका छन्। उनले यसपटक आफ्नो एक मत पनि नछुटाउन र सबैलाई मतदानमा सहभागी हुन आग्रह गरिन्।
उनले भनिन्, ‘जनताहरुमा धेरै उत्साह छ। देश विदेशबाट नेपालीहरु भोट हाल्नकै लागि स्वदेश आउनु भएको छ। उपत्यकाभित्रका पनि थुप्रै भोट हाल्न आफ्नो गाउँ फर्किएका छन् । यो पटक आफ्नो एक भोट पनि छुटाउनु हुँदैन। सबैलाई यो इतिहास रच्ने समय हो। आफ्नो मत नछुटाउन समेत आग्रह गर्दछु। परिवर्तनको पक्षमा मत छुट्यो भने पछुतो हुनेछ। लोकतन्त्रमा ठूलो हतियार भनेको जनताको आफ्नो मतअधिकार हो।’
उनले परिवर्तनको पक्षमा मत नदिए पछुतो हुन सक्ने भन्दै लोकतन्त्रमा जनताको सबैभन्दा ठूलो हतियार भनेको मताधिकार नै भएको बताइन्।







डिसी नेपाल







Facebook Comment