ओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन्। ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्। उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए।
उनले भने, ‘सबै ठाउँमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। यो सरकारको काम नै चुनाव गराउने थियो त्यही भएर उत्साहित छौं। तयारी अनुसार नै मतदान भइरहेको छ स्थलगत हेर्दाखेरि । देशभरी छिटफुट घटनाबाहेक त्यस्तो भएको छैन। साम्य पार्दै मतदान भइरहेको छ।’
उनले तयारीअनुसार नै मतदान प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै देशभर छिटफुट घटनाबाहेक ठूलो समस्या नदेखिएको बताए। त्यस्ता घटनाहरूलाई तत्काल नियन्त्रण गर्दै मतदानलाई सहज रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment