एमालेको चेतावनीपछि फर्किएका थिए बालेन

डिसी नेपाल
२१ फागुन २०८२ १५:५०
1.4k
Shares

काठमाडौं । झापा जान भनेर हेलिकप्टरमा उडिसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन शाह एमालेको चेतावनीका कारण झापा नगइ काठमाडौं नै फर्किएको खुलेको छ । स्रोतका अनुसार एमालेले ‘बालेन झापा गए सुरक्षा स्थिति जे पनि हुन सक्ने’ चेतावनी दिएपछि सुरक्षा स्थिति बिग्रन नदिनका लागि बालेन काठमाडौं पर्किएका थिए ।

यसअघि बालेनको हेलिकप्टर खराब मौसमका कारण झापामा अवतरण गर्न नसकेको बताइएको थियो । तर, खासमा बालेन निर्वाचन आयोगको आग्रहपछि काठमाडौं फर्किएका थिए । स्रोतका अनुसार एमालेका एक नेताले निर्वाचन आयोगका एक सदस्यलाई फोन गरेरै ‘बालेन झापा गए सुरक्षा स्थिति जे पनि हुन सक्ने र त्यसको जिम्मा आयोगले लिनुपर्ने’ चेतावनी दिएका थिए ।

एमालेको तर्फबाट चेतावनी आएपछि बालेनलाइ एयर ट्राफिक कन्ट्रोलमार्फत सम्पर्क गरेर आयोगले नै फर्किन आग्रह गरेको थियो । बालेनले हेलिकप्टरको लागि बुधबार नै आयोगबाट अनुमति लिइसकेका थिए । अब बालेन भोलि मात्र झापा जाने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.