विश्वकप क्रिकेटः भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड

डिसी नेपाल
२१ फागुन २०८२ २०:०७
32
Shares

काठमाडौं । ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध टस जितेर इङ्ल्यान्डले पहिले बलिङ गर्ने निर्णय गरेको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भर्खरै भएको टसमा इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिले बलिङ गर्ने निर्णय लिए।

इङ्ल्यान्डको प्लेइङ–११ मा कप्तान ह्यारी, फिल साल्ट, जोस बटलर, जेकब बेथेल, टम ब्यान्टन, साम करन, विल ज्याक्स, लियाम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर र आदिल राशिद छन्।

त्यसैगरी भारतको प्लेइङ–११ मा कप्तान सूर्यकुमार यादव, अभिषेक शर्मा, सन्जु स्यामसन, ईशान किशन, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वरुण चक्रवर्ती, अर्शदीप सिंह र जसप्रित बुमराह छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.