रुकुमपूर्वमा मतगणना सुरु

डिसी नेपाल
२२ फागुन २०८२ ७:३९

रुकुमपूर्व। हिमाली जिल्ला रुकुमपूर्वको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ।

बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल खोलेर गणना थालिएको हो।

यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड उम्मेदवार भएकाले यहाँको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.