सुर्खेत । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा बिहान नौ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।
हुम्ला र डोल्पा जिल्लाका केही मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन तयारी भइरहेको छ । विकटताका कारण हेलिकोप्टर प्रयोग गर्नु पर्ने मतदान केन्द्रको मतपेटिका ल्याउन तयारी भइरहेको छ ।
यहाँका २३ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएकोले अहिले बिहानबाट मतपेटिका सङ्कलन गरिने प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् । ‘हेलिकोप्टर आइपुगेको छ’ उनले भनिन्, ‘भौगोलिक विकटताका कारण शुक्रबार बिहानैदेखि मात्र उपल्लो डोल्पाका सबै मतदान केन्द्रका मतपेटिका ढुवानी गरिने छ ।’
७० वटा मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता २४ हजार ११५ रहेको डोल्पामा १५ हजार ९५६ मत खसेको छ । सल्यान र रुकुम पश्चिममा बिहान १० बजेबाट मतगणना सुरु गरिने जनाइएको छ ।







डिसी नेपाल







Facebook Comment