लहान–१० मा बब्लु गुप्ताको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ १३:२५
712
Shares

सिरहा। सिरहा–१ अन्तर्गत लहान नगरपालिका–१० नम्बर वडाको मतगणना सम्पन्न भएको छ। मतगणनाको प्रारम्भिक परिणाम अनुसार रास्वपाका बब्लु गुप्ता (घण्टी) अग्रस्थानमा रहेका छन्।

प्राप्त विवरण अनुसार बब्लु गुप्ताले ८५० मत प्राप्त गरेका छन्। त्यस्तै राम सुन्दर चौधरी (रुख) ले १९६ मत र राम शंकर यादव (सूर्य) ले १२७ मत प्राप्त गरेका छन्।

यस वडामा जम्मा १ हजार ९३३ मतदाता रहेकामा १ हजार २१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.