जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउँदै नेकपाका भण्डारी

डिसी नेपाल
२२ फागुन २०८२ १५:०५
2.1k
Shares

जुम्ला। जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ।

हलो चुनाव चिन्ह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन्। उनले पछिल्लो अपडेट अनुसार ३ हजार ९६२ मतगणना गर्दा शाहीले २ हजार १०२, नेकपाका उम्मेदवार नरेश भण्डारी (तारा)ले ९७२, एमालेका उम्मेदवार शान्तिलाल महतले २१२, कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन्।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले तीन मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले २९ मत, मादल चुनाव चिन्हले २८, कमल फूलले २, स्वतन्त्रले १, माओवादी गुलाफले १ मत प्राप्त गरेका छन्। हालसम्म ११७ मत बदर भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.