रास्वपा समर्थक भन्छन्- सोचेभन्दा फरक परिणाम आइरहेको छ

डिसी नेपाल
२२ फागुन २०८२ १५:२२
80
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भएको मतदानको गणना जारी छ।

शुक्रबार काठमाडौं ४ का रास्वपा उम्मेदवारका मतगणना प्रतिनिधि सुमित खरेलले रास्वपा जितको नजिक रहेको दाबी गरे।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाले प्रत्येक ठाउँबाट ५५ प्रतिशत भन्दा बढी मत प्राप्त गरेकाले रास्वपाका उम्मेदवार जित नजिक रहेको दाबी गरे।

खरेलले ठूलो संर्घष र राष्ट्रिय राजनीतिका आयामले गर्दा मुस्किलले विजय हुने अनुमान गरेपनि सोचेभन्दा फरक पाएको उल्लेख गरे।

अब रास्वपाले संसदमा प्रस्तुती र स्थानीय जनताले राखेको अपेक्षा, नागरिकका समस्या, वर्षौंदेखि रोकिएको खानेपानी जस्ता समस्या मिलेर समाधान गर्नुपर्ने बताए।

उक्त क्षेत्रमा कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा एमालेबाट डा. राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’बाट पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल र अन्य उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.