चितवन ३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि
चितवन। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम गरेकी छन्।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्।
उनकी निकटतम प्रतिस्पर्धी तारा चुनाव चिन्हकी उम्मेदवार रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन्।
त्यसैगरी सूर्य चुनाव चिन्हबाट नेकपा एमालेका शंकर थपलियाले १ हजार ४६५ मत प्राप्त गरेका छन् भने रुख चुनाव चिन्हबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन्।
यस्तै हलो चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका दिपक थापाले ३२३ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment