बैतडीमा रास्वपाको सुरुआती अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ १६:२३
312
Shares

दशरथचन्द (बैतडी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ ।

प्रारम्भिक मत परिणामअनुसार एक हजार मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३६८ मत ल्याएका छन्। नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले २५८ मत प्राप्त गरेका छन्।

यस्तै नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले १८७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ११४ मत पाएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.