जुम्लामा ज्ञानेन्द्र शाही भारी मतले अगाडि, भण्डारी दोस्रो स्थानमा

डिसी नेपाल
२२ फागुन २०८२ १६:४५
1.0k
Shares

मुगु। जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ। कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हका ज्ञानेन्द्र बहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन्।

एउटै पालिकामा राप्रपा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन्। पछिल्लो अपडेट अनुसार शाही एक हजार ४५८ मतले अगाडि छन्।

यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले एक हजार २३३ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन्। कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २८१ मत, विनिता कठायतले ३६ मत प्राप्त गरेकी छन्। साथै १५५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

हालसम्मको गणनामा हलो र ताराबिच एक हजार ४५८ मतको अन्तर देखिएको छ। प्रारम्भिक नतिजाले हलो चुनाव चिह्नलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी पालिकाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ।

मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जुम्लामा ४० हजार ८९७ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.