कैलाली-४ मा लेखराज भट्ट चौथो, रास्वपाको अग्रता

डिसी नेपाल
२२ फागुन २०८२ १७:१७
224
Shares

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

सार्वजनिक मतपरिणाम अनुसार कैलाली-४ मा ५०१ मत प्राप्त गर्दै रास्वपा उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका हुन्।

उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १६२ मतका साथ पछ्याइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार कमल रजवार ४४ मतसहित तेस्रो स्थानमा छन्।

नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट भने ३० मतका साथ चौथो स्थानमा छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार भीमबहादुर थापामगर १८ मतका साथ प्रतिस्पर्धामा छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराम चौधरीले १३ मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.