विराजभक्त श्रेष्ठ भन्छन्- ‘निलो क्रान्ति’ सुरु भयो

डिसी नेपाल
२२ फागुन २०८२ १७:२४
56
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठको अग्रता कायमै रहेको छ।

काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत जनउद्वार माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनको पक्षमा मत दिएको बताएका छन्।

उनले भने, ‘जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र परिवर्तनलाई अनुमोदन गरेको जस्तो मलाई लागेको छ। देशभर लहर चलेको छ। सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्न चाहन्छु। जुन विवेक प्रयोग गर्नुभएको छ, त्यसले राम्रो सन्देश दिएको छ।’ श्रेष्ठले देशमा ‘निलो क्रान्ति’ को सुरुवात भएको दाबी पनि गरे।

‘अब निलो क्रान्तिको सुरुवात भएको छ। सबै साथीहरूलाई विनम्र हुन पनि अनुरोध गर्छु। देशभर जनताले रास्वपालाई जिताउन अनुमोदन गर्नुभएको छ। देशव्यापी रूपमा हामीले पहिले संसदमा खेलेको भूमिका जनताले नियालेको कारण आज यति धेरै मत ल्याउन सफल भएका छौं,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.