मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
हेटौँडा। मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिन्ह) का उम्मेदवारले अग्रता कायमै राखेका छन्। जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो।
मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर समर्थकहरूको भीड बढ्दै गएको छ। घन्टी पक्षधरहरूले मतगणनास्थल बाहिर नाराबाजी गर्दै उत्साह व्यक्त गरेका छन्।
मतगणना स्थल आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ। समर्थकहरूको भीड बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतगणना प्रक्रिया निरन्तर जारी रहेको छ भने अन्तिम परिणाम आउन अझ केही समय लाग्ने जनाइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment