नारायणकाजी श्रेष्ठभन्दा रास्वपाका नरेन्द्र साह कलवार ८ गुणा मतले अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ १९:५६
888
Shares

काठमाडाैं। सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साह कलवारले सुरुआती अग्रता लिएका छन्। कलवारले हालसम्म ५ हजार ४२४ मत प्राप्त गरेका छन्।

उनको निकटतम प्रतिद्वनद्वी नेपाली कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठले ७ सय २० मत मात्र प्राप्त गरेका छन्।

जारी मतगणनामा श्रेष्ठ भन्दा झण्डै ८ गुढा बढी मत कलवारले प्राप्त गरेका छन्। श्रेष्ठ पहिलोपटक सर्लाही ३ बाट उम्मेदवार बनेका हुन्।

नेपाली कांग्रेसका विनोद कुमार खनालले ५ सय ४० मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ३ सय ३३६ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका त्रिभुवन कुमार सिंहको ८९ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.