म्याग्दीमा महावीर पुन भारी मतान्तरले विजयी

डिसी नेपाल
२३ फागुन २०८२ ८:३७
420
Shares

काठमाडौं । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।
पुन २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन्।

प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत ,नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरेका छन्।

पुनले सामाजिक सञ्जालमार्फत जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धिहरुलाई उडाउन नहुने भन्दै बेनीमा बिजय जुलुस निकाल्न कोहि पनि पैसा र समय खर्च गरेर नआउन आग्रह गरेका छन्। नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरु आफूलाई मन नपर्ने भन्दै आफ्नो जीतमा खुसीयाली मनाउन चाहनेले आफ्नो गाउँघरमा नै मनाउन उनले भनेका छन्।

उनले लेखेका छन्,‘जीत पक्का भयो। त्यसैले फेरि पनि भन्छु- बेनीमा बिजय जुलुस निकाल्न कोहि पनि पैसा र समय खर्च गरेर नआउनु होला। किन भने बिजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धिहरुलाई उडाउन हुन्न। आउँदो दिनहरुमा विपक्षीहरु संग नै मिलेर म्याग्दीको विकासको लागि काम गर्नु पर्छ। अनि नारा, जुलुस, भोज भतेर जस्ता आडम्बरी कुराहरु मलाई पटक्कै मन पर्दैन। मेरो जीतमा खुसीयाली मनाउन चाहनु हुन्छ भने आफ्नो गाउँघरमा नै मनाउनु होला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.