लोकतन्त्रमा फरक मतको सम्मान गर्दै संयमित भएर अघि बढ्ने छौं : रवि लामिछाने

डिसी नेपाल
२३ फागुन २०८२ १४:४७
8
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै संयमित भएर अघि बढ्ने बताएका छन्।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले मात्तिएर नभइ संयमित भएर प्रतिपक्षीलाई समेत साथमा लिएर फरक मतको सम्मान गर्दै अघि बढ्ने बताएका हुन्।

उनले रास्वपाका नेता लगाएत सवै कार्यकताहरु बढि जिम्मेवार हुनुपर्ने बेला आएको उल्लेख गरे। जनताले दिएको जिम्मेवारी, जनताले चाहे खोस्न पनि सक्ने भएकाले रास्वपा सजक भएर अघि बढ्ने उनको भनाइ छ।

सभापति लामिछानेले विगतमा भएका कमीकमजोरीहरूलाई पनि सुधार गर्दै अलिकति परिपक्व ढङ्गले मुलुकलाई अगाडि लिएर जानेमा निर्धक्क हुन आग्र गरे।

उनले मुलुक सुरक्षित हातमा छ भन्ने कुरा विश्व समुदायलाई पनि आश्वस्त गराउन चाहेको धारणा राखे। लामिछानेले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता समेत जनाए।

चितवन क्षेत्र नं २ बाट लामिछाने ५४ हजार ४०२ मतका साथ विजयी भएका हुन्। सो क्षेत्रमा कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले)का अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.