भीम रावल कांग्रेस उम्मेदवारसँग पराजित

डिसी नेपाल
२३ फागुन २०८२ १६:३८
2.4k
Shares

अछाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वाँर विजयी भएका छन्।

उनले १० हजार ७ सय ५८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन्।

रावलले १० हजार २ सय ३० मत प्राप्त गरेका छन्। स्वाँरले रावललाई ५ सय २८ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

यसैगरी नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.