सर्लाही-२ मा रास्वपाका महतो विजयी
बरहथवा (सर्लाही) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी भएका छन्।
आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गरेका हुन्।
सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गरे। साथै नेपाली कांग्रेसका सरोजकुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमदले दुई हजार २८३ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment