विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार हुन्छ : शेखर कोइराला

डिसी नेपाल
२३ फागुन २०८२ १८:०९
16
Shares

मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार र संस्कृति महत्त्वपूर्ण हुने बताएका छन्।

आज एक विज्ञप्ति जारी गरी मोरङ क्षेत्र नं ६ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यलाई बधाई दिँदै उनले आफूले परिणामलाई सहज रूपमा लिएको बताए।

डा कोइरालाले लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य उम्मेदवार विजयी भएको उल्लेख गर्दै आगामी संसद्मा युवा शक्तिको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।

उनले आफ्नो पक्षमा मतदान गर्ने सबै मतदाता र शान्तिपूर्वक रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.