डडेल्धुरामा ठूलो उलटफेर, देउवा जित्दै आएको क्षेत्रमा रास्वपाको कब्जा

डिसी नेपाल
२३ फागुन २०८२ १८:४९
96
Shares

काठमाडौं । डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विजय हासिल गरेको छ।

रास्वपाका तारा प्रसाद जोशीले नेपाली कांग्रेसका नैनसिंह महरलाई हराउँदै विजय हासिल गरेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरामा र रास्वपाका जोशीले १९ हजार १ सय ३१ मत ल्याउदा कांग्रेसका महरले १२ हजार १ सय २१ मत मात्र ल्याए।

२०४८ सालदेखि डडेल्धुरामा देउवाले लगातार जित्दै आएका थिए। सात पटकसम्म कांग्रेसका तर्फबाट देउवा मात्रै उम्मेदवार बनेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.