नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी

डिसी नेपाल
२३ फागुन २०८२ १८:५९
40
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका जनता र सरकारलाई सफल तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको उल्लेख गरेका छन्।

मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका छन्।

साथै उनले छिमेकी तथा नजिकको मित्र राष्ट्रका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.