रोल्पामा वर्षमान पुनको ह्याट्रिक जित

डिसी नेपाल
२३ फागुन २०८२ १९:१५
212
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन विजयी भएका छन्। पूर्व अर्थमन्त्री समेत रहेका उनले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन्।

१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।

रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए। नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन्।

उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन्। २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.