जाजरकोटमा कांग्रेसका बुढा निर्वाचित
काँक्रेविहार (सुर्खेत)। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे।
यहाँ नेकपा (एमाले) का डम्बरबहादुर सिंहले १६ हजार ८८३, राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले दुई हजार ४७१ मत प्राप्त गरेका छन्।
कुल एक लाख छ हजार ९२ मतदाता रहेकामा यहाँ ६० हजार ५६७ मत खसेका थिए। यस क्षेत्रमा विभिन्न राजनीतिक दलका ११ जना प्रत्यासी थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment