भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

डिसी नेपाल
२३ फागुन २०८२ २१:५८
60
Shares

भक्तपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ। प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिइन्।

मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। प्रारम्भिक मतगणना अनुसार रास्वपाले छ हजार ६००, नेपाली कांग्रेसले एक हजार ५००, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ८००, नेमकिपाले ८००, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ४००, राप्रपाले २००, श्रम संस्कृति पार्टीले १०० मत प्राप्त गरेको उनले जानकारी दिइन्।

मतदान अधिकृत सुवालका अनुसार समानुपातिकतर्फ क्षेत्र नं २ को आइतबारसम्म सबै मतगणना सम्पन्न गरिने छ। भक्तपुर क्षेत्र नं १ को आइतबार बिहान ११ः०० बजेदेखि मतगणना गर्ने सहमति भएको उनले बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.