सङ्खुवासभामा प्रतिनिधिसभा निर्वाचन : एमालेका कार्कीको अग्रता

डिसी नेपाल
२४ फागुन २०८२ १५:३४
7.5k
Shares

किमाथाङ्का (सङ्खुवासभा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले)का अर्जुनकुमार कार्कीको अग्रता कायम गरेका छन्।

कार्कीले हालसम्म पाँच हजार ४८३ मत प्राप्त गरेका छन्। कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले चार हजार ७५९ मतसहित पछ्याइरहेका छन्। उनीहरुबीच ७२४ मतान्तर छ।

नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले तीन हजार ३४३, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार २६१ नेपाली कम्युनिष्ट पार्टीकी सरिता थापाले ५२२ मत प्राप्त गरेका छन्। सङ्खुवासभामा हालसम्म १७ हजार ९४४ मतगणना भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.