गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन्।
भर्खरै सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए। नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे।
कूल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो। खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।







डिसी नेपाल







Facebook Comment