ऋषि धमालाले भने- आम जनता पार्टीसँग कुनै सम्बन्ध छैन

डिसी नेपाल
२५ फागुन २०८२ १७:१९
456
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित हुनुभएका ऋषि धमलाले आम जनता पार्टीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा धमलाले निर्वाचनका लागि मात्रै आफूले आम जनता पार्टीको चूनाव चिन्ह प्रयोग गरेको भन्दै निर्वाचन सकिएकाले अव सो पार्टीसँग कुनै सम्बन्ध नरहेको बताएका छन्। आफूले अहिलेसम्म कुनै पनि दलको सदस्यता नलिएको र निर्वाचनमा प्रयोग गरेको मोवाईल चिन्ह र उक्त दलसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ।

धमलाले आफूले लिएको चुनाव चिन्ह ‘मोवाईल’ आम जनता पार्टी र जनादेश पार्टीबीचको एकल चुनाव चिह्न लिने सहमतिबमोजिम आफूले प्रयोग गरेको बताए। आफू चुनावमा जानुअघि नै बालेन शाहले बोलाएर चूनावमा उठ्न आग्रह गरेको समेत उनले बताए।

उनले आफूले ६ महिनाअघि नै मधेशमा जन्मिएको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भनेर बोलेको भन्दै अहिले त्यो दिन नजिक आएको उल्लेख गरे।

धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.