संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

डिसी नेपाल
२६ फागुन २०८२ ५:५६
156
Shares

काठमाडौंं। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।

संखुवासभामा भएको प्रतिस्पर्धात्मक चुनावमा कार्कीले आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

योसँगै फागुन २१ मा भएको निर्वाचनको देशभरको मतपरिणाम सार्वजनिक भएको छ। अब समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.