लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

डिसी नेपाल
२६ फागुन २०८२ १३:४२
4.6k
Shares

काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट सोही गाउँपालिका-६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका-४ बाट सोही उपमहानगरपालिका-१८ का जेम्स राई र सोही उपमहानगरपालिका-१७ का सिद्धार्थ चौधरी पक्राउ परेका छन्। दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट सोही नगरपालिका-७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीबाट राक्सिराङ गाउँपालिका-६ धुसराङ बस्ने सन्त सिंह लामा र सोही गाउँपालिका-२ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी बस्ने प्रतिक चौधरीलाई कैलालीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यसैगरी कैलालीकै धनगढी उपमहानगरपालिका-१९ धामी चोकबाट सोही उपमहानगरपालिका-१९ बस्ने बिवेक चौधरी, सोही उपमहानगरपालिका–१२ जुगेडा बस्ने नमराज बराइली र छत्र बहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन्।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ अमौरीबाट जानकी गाउँपालिका-२ परागिपुर बस्ने रमेश दर्लामी मगरलाई प्रहरीले पक्राउ गरेको छ। बाँके, कोहलपुर नगरपालिका-११ सिद्धनगर डेरा गरी बस्ने गोबिन्द सुनार पनि पक्राउ परेका छन्।

कास्की, पोखरा महानगरपालिका-९ शान्तिवनबाट सोही ठाउँ बस्ने सुनिल कमरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.