दोस्रो हुनेकै जमानत जफत

डिसी नेपाल
२६ फागुन २०८२ १४:४२
4.1k
Shares

काठमाडौं । रुपन्देही–३ का रास्वपा उम्मेदवार डा. लेखजंग थापाले आफूले चुनाब जित्दा आफूबाहेक प्रतिस्पर्धी सबै उम्मेदवारको जमानत जफत गराइदिएका छन् । यहाँ थापाले चुनाब जित्दा उनीसँग प्रतिस्पर्धामा रहेर दोस्रो हुने उम्मेदवारले पनि जमानत जोगाउन सकेनन् ।

यहाँ ९० हजारको हाराहारीमा मत सदर भएको थियो । जमानत जोगाउन कूल सदर मतको १० प्रतिशत ल्याउनुपर्छ । तर, यहाँ दोस्रो हुने कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्रै पाए । तेस्रो भएका एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत पाए । यहाँ ५८ हजार ८१४ मतसहित विजयी भएका थापाबाहेक सबै ३५ जना उम्मेदवारको जमानत जफत भयो ।

थापाले दोस्रो हुने उम्मेदवारको जमानत जफत मात्रै गराएनन् नेपालको संसदीय निर्वाचनमा अर्को रेकर्ड पनि बनाए । उनले देशमै सबैभन्दा धेरै अन्तरले चुनाब जिते । उनले ५० हजार ३७० मतको अन्तरले चुनाब जिते । ५० हजारभन्दा धेरैको फरकले जित्ने उनी एक्ला उम्मेदवार हुन् ।

देशरीमै सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार रास्वपाका बरिष्ट नेता बालेन्द्र शाह भने मत अन्तरको हिसाबले दोस्रो भए । बालेनले देशमै सबैभन्दा बढी ६८ हजार ३४८ मत पाएर निर्वाचित भए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले हराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.