काठमाडौंमा एक सय राउन्ड गोलीसहित पेस्तोल बरामद

डिसी नेपाल
२६ फागुन २०८२ १६:५७
344
Shares

काठमाडौं । काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ।

गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडामा झाडीमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोका नेतृत्वको टोलीले उक्त पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट तीन थान म्यागजिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.