पर्साको पशुजारबाट २ सय १८ किलो गाँजासहित ट्याक्टर नियन्त्रणमा

डिसी नेपाल
२६ फागुन २०८२ १७:३८
4
Shares

पर्सा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशु बजारबाट फागुन २५ गते सोमबार राती सशस्त्र प्रहरीले २ सय १८ किलो गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

सोही जिल्लाको सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे १ त ५७१४ नम्बरको ट्याक्टरमा परालले छोपी लैजाँदै गरेको २२ वटा पोकामा रहेको उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले नियन्त्रणमा लिएको हो।

उक्त गाँजा ल्याउने व्यक्ति तथा ट्याक्टर चालक गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्याक्टर तथा गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए। बरामद गाँजा तथा ट्याक्टर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.