रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा बन्याे पहिलो दल
रुपन्देही। प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ। रास्वपाले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ।
जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्माचनमा कुल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए। जसअन्तर्गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा ६५.४२ प्रतिशत अर्थात् चार लाख ३९ हजार ९७६ मत खसेको थियो।
समानुपातिकतर्फको मतगणनाअनुसार रास्वपाले प्रत्यक्षभन्दा पाँच हजार ३२१ मत बढी हो। यो गणना भएको कुल मतको ५५ प्रतिशत हो। प्रत्यक्षतर्फ रास्वपाले पाँच वटै क्षेत्रबाट दुई लाख ३७ हजार ८१ मत पाएको छ।
यस्तै २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा एमाले भने अहिलेको निर्वाचनमा तेस्रो स्थानमा पुगेको छ। एमालेले सम्पन्न निर्वाचनमा ५१ हजार ९४९ मत अर्थात् ११.७ प्रतिशत मतसहित तेस्रो स्थानमा पुगेको निर्वाचन आयोगको तथ्यांकमा देखिएको छ।
यस्तै अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने ५१ हजार ९४९ मत अर्थात् ११.८ प्रतिशत मत गरी यस पटक पनि दोस्रो स्थानमा रह्ययाे। यस पटक चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात् ६.४ प्रतिशत मत पाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले ११ हजार ३४८ मत अर्थात् २.५ प्रतिशत मत पाएको छ। यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत, जनमत पार्टीले सात हजार २६३ मत, जसपा नेपालले छ हजार २६३ मत तथा नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५५ मत ल्याएको छ।







डिसी नेपाल







Facebook Comment